PRABHU BANK

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डले पठायो ईकाईधनीको खातामा लाभांश

Nic Asia Capital
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउन थालेको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डले असोज ६ गतेदेखि ईकाईधनीहरुको बैंक खातामा लाभांश पठाउन थालेको हो । 
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश पठाउन थालेको हो । यी दुवै फण्डले ईकाईधनीको हितग्राही खाता (बीओआईडी) मा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश पठाएको फण्डले जनाएको छ । 
यस्तै आफ्नो बैंक खातामा लाभांश प्राप्त भए वा नभएको एकिन गर्न क्यापिटलले सम्बन्धित ईकाईधनीहरुलाई आग्रह गरेको छ । साथै हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता अध्यावधिक नगराएका इकाईधनीहरुले अध्यावधिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ । उनीहरुले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अपडेट गराई समयमै लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया ग्रोथ फण्डले करसहित १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड फण्डले करसहित ८ प्रतिशतका दरले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै