PRABHU BANK

ज्योति विकास बैंकद्धारा तिलगंगा अस्पताललाई २ लाख बराबरको आर्थिक सहयोग

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले कोरोना र आँखाबीचको सम्बन्ध विषयमा अनुसन्धानको लागि तिलगंगा अस्पताललाई २ लाख बराबरको आर्थिक सहयोग गरेको हो । 
आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानको लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आर्थिक सहयोग गरेको हो ।
ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट अनुसन्धान विभागका निर्देशक डा. सुमन थापाले सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले डा.सन्दुक रुईतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको छ । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको अनुसन्धान विभागले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै