PRABHU BANK

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

RSDC LAGHUBITTA
  • बैंकिङ संसार
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १६ हजार ५ सय १० कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो । संस्थाका विभिन्न ३ जना संस्थापकहरूले संस्थापक समूहको सेयर बिक्री गर्न लागेका हुन् ।
कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
उक्त सेयर खरिद गर्न सेयरधनीहरुले आफुले लिने सेयर र खरिद मूल्यको विवरण खुलाएर आवेदन दिनुपर्ने भएको छ । यस्तै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल तथा संस्थाको कार्यालय कालिकानगर बुटवलमा आइपुग्ने गरी आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै