PRABHU BANK

सिद्धार्थ बैंकले पायो नेपाल धितोपत्र बोर्डबाट ३ अर्बको ऋणपत्र निष्कासनको अनुमती

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको हो । 
बोर्डले गत असोज १ गते सिद्धार्थ बैंकलाई १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र निष्कासनको अनुमति दिएको हो । बैंकले निष्कासन गर्न लागेको ३० लाख इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि र १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ। 
७ वर्षे यो एसबीएल डिबेन्चेर २०८४ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत व्याजजदर प्रदान गर्नेछ । ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै