तीन सातादेखि रिक्त डेपुटी गभर्नर पद अब कसले समाल्छ ?

काठमाडौँ। मन्त्रिपरिषद्को दोस्रो बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ ।  नयाँ सरकार गठन भएसँगै बसेको यस बैठकबाट राष्ट्र बैंकले तीन सातादेखि खाली रहेको डेपुटी गभर्नर पदमा नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ।

नयाँ सरकार बालेन्द्र शाहको नेतृत्वमा गठन भइसकेको छ । अघिल्लो सरकारले डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकारलाई नै छोडेको थियो ।

सोही अनुसार अहिले राष्ट्र बैंकमा नेतृत्व अभाव देखिएको उक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको हो ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच डेपुटी गभर्नर नियुक्तिका विषयमा छलफल भएको थियो । छलफलका क्रममा गभर्नरले नियुक्तिका लागि आवश्यक नामहरू सिफारिस गरिसकेको जनाइएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै