काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८२ चैत्र १३ गते शुक्रबार बिहान ११:३० बजे कास्कीको होटल डे-ब्रेक बेगनासताल पोखरामा लघुवित्तको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
संचालक समितीका अध्यक्ष शिल्पा प्रधानाङ्गले उद्घाटन गरेको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु पारीत गरेको छ ।
यस साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना नयाँ संचालकहरुको निर्वाचन पनि सम्पन्न गरेको छ । उक्त पदहरुमा जम्मा ३ जनाको मात्र उमेद्वारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने संचालकहरुमा गुहेश्वरी मर्चेन्ट एण्ड फाईनान्स कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै शिल्पा प्रधानाङ्ग र शिवराज भण्डारी तथा संस्थापक सेयरधनी निरजा शर्मा (सापकोटा) रहेकी छिन्।
सभाले स्वतन्त्र संचालकका रुपमा यस अघि नियुक्त भएका ललितपुुर निवासी किरण बिष्टको नियुक्तीलाई समर्थन गर्दै अनुमोदन गरेको छ भने यस अघिका अध्यक्ष अर्चना प्रधानलाई उनको योगदानको उच्च मुल्यांङ्कन गर्दै धन्यवाद व्यक्त गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव विष्णु प्रसाद ढकालले सभा समक्ष प्रस्तुत गरेको सबै प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । सभाको समापन सभाध्यक्ष शिल्पा प्रधानाङ्गले गरे । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

