PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकको १८औं साधारणसभा हुने स्थान परिवर्तन

Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारणसभा गर्ने स्थान परिवर्तन भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण हल उपलब्ध गराउन नसक्ने भएकाले सभा गर्ने स्थान परिवर्तन भएको हो । 
बैंकको यसअघि स्टार व्याङ्क्वेट रत्ननगर चितवनमा गर्ने भनिएकोमा उक्त स्थानमा परिवर्तन भएर अब होटल सेन्ट्रल पार्क सौराहा चितवनमा हुने बैंकले जनाएको छ ।
बैंकको भदौ २५ गते बिहिबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकको उक्त साधरणसभा असोज १६ गते शुक्रबार गर्ने निर्णय गरेको छ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र २०७६/७७ को लेपरिक्षण गर्न लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको छलफल हुने भएको छ । 
विशेष प्रस्ताव अन्तर्गत जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहि बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा छलफल हुने भएको छ ।
बैंकको १६औं र १७औं वार्षिक साधारणसभाबाट पारित तत्काल कायम चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९ सय को १ः१ अनुपात हकप्रद सेयर जारी गरी चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय पुर्याउने विषयमा छलफल हुने भएको छ ।
यस्तै नारायणी डेभलपमेन्ट बैंक र अन्य वैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति हुने विषयमा पनि छलफल हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै