- बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले आफ्नो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले कार्तिक ३ गते सोमबार वार्षिक साधारणसभा डाकेको हो ।
कम्पनीले असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय जमल काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । नगद लाभांश भने चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले वितरण गर्ने भएको छ ।
त्यस्तै सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने भएको छ ।
यसैगरी कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने भएको छ ।
यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक समेत तोकिने विषयमा छलफल हुने कम्पनीले जनाएको छ ।