काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत गरेको छ। लघुवित्तले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत गरेको हो ।
संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्न ९ प्रतिशतले हुन आउने ६ लाख ४९ हजार ३०४.३९ कित्ता सेयर सर्वसाधारणमा परिणत गरेको हो।
संस्थामा अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ।
यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व थियो।

