PRABHU BANK

एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता, गाडि खरिद गर्दा ६० प्रतिशतसम्म कर्जा पाइने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र अशोक लेलैण्डबीच सम्झौता भएको छ । बैंकको आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्डसँग सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट प्रमुख बिजनेस अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै व्याज अनुदान सम्बन्धि पनि सम्झौता भएको छ ।
यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्ट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि विना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध हुने भएको छ । 
उक्त सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा विक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीले जनाएको छ । साथै दुवै कम्पनिबिच संयुक्त रुपमा ब्राण्ड सचेतनाका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता भएको छ । 
एलसिभी सेगमेन्ट अन्तर्गत डोस्ट मोडलका सवारी साधनहरु विभिन्न अप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल-टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लागि परीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै