सानिमा बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, सवारी साधन खरिदमा सहुलियतपूर्ण कर्जा पाइने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । बैंकले टाटा मोटर्स गाडि खरिदका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने गरी सम्झौता भएको हो । 
टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो । सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठ र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही गाडी खरिद गर्न चाहने खरिदकर्तालाई कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बैंकले जनाएको छ । अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही ग्राहकहरुलाई सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
यस हुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा रहेका छन् । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्