prabhu

१९ वटा जीवन बीमा कम्पनीहरले २ महिनामा आर्जन गरे ५ अर्व प्रथम बीमा शुल्क

Insurances
  • बैंकिङ संसार
काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले ५ अर्व रुपैयाँ माथि बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले भदौ मसान्तसम्ममा ५ अर्ब रुपैयाँ माथि बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्व ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
समितिको तथ्याङ्क अनुसार सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले २ महिनाको अवधिसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।
दोस्रोमा युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड रहेको छ । कम्पनीले ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएकोे छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ ।यस कम्पनीले ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३८ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ३१ करोड रुपैयाँ, एशियन लाइफले २८ करोड रुपैयाँ, रिलायबल लाइफले २१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । 
यसैगरी ज्योति लाइफले २० करोड रुपैयाँ, सिटिजन लाइफले १७ करोड रुपैयाँ र आइएमई लाइफले १७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
मेट लाइफले १६ करोड रुपैयाँ, प्राइम लाइफले १६ करोड रुपैयाँ, सूर्या लाइफले १३ करोड रुपैयाँ, गुराँस लाइफले १० करोड रुपैयाँ, सन नेपाल लाइफले १० करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् भने रिलायन्स लाइफले ९ करोड रुपैयाँ, प्रभु लाइफले ९ करोड रुपैयाँ, सानिमा लाइफले ९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै