PRABHU BANK

सानिमा बैंकको ८३औं नयाँ शाखा कार्यालय रौतहटको चन्द्रपुरमा, रामचन्द्र चौधरीद्धारा उद्घाटन

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा रौतहटको चन्द्रपुरमा सञ्चालनमा ल्याएको हो । 
चन्द्रपुरमा स्थापना गरेको बैंकको ८३औं शाखा कार्यालय हो । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुर शाखाको समुद्घाटन चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले गरेका हुन् ।
कोभिड-१९ को जाखिमलाई मध्यनजर गर्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा सञ्चालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिएका छन् । यस्तै आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न आग्रह गरेका छन् ।
उक्त शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्रका वासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने विश्वास बैंकले लिएको छ । 
बैंकले देशभरी हाल ८३ वटा शाखा, ८१ वटा एटिएम र १५ विस्तारित काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै