PRABHU BANK

ग्लोबल आइएमई बैंकद्धारा २ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैंकको उक्त थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै शाखारहित बैंकिङ्ग सेवा संख्या २ सय २२ पुगेको छ ।
बैतडी जिल्लाको भूमेश्वर नगरपालिका वडा नं ४ थाडमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय प्रेम सिंह महरालाई नियुक्त गरिएको छ । यस्तै संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं १० खराङमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय ललित बहादुर कटुवाललाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने भएका छन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ । 
बैंकले देशभरी रहेका २ सय ५९ शाखा सञ्जाल, २ सय ३४ एटिएम, २ सय २२ शाखारहित बैंकिङ सेवा र ४३ एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरमाझ पनि सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै