PRABHU BANK

सिभिल बैंकको ८ लाख कित्ता संस्थापक समूहको सेयर बिक्री खुल्ला

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्री खुल्ला भएको छ । बैंकको संस्थापक समूहको सेयर शुक्रबार असोज १६ गतेबाट लिलामीमार्फत बिक्री खुल्ला भएको हो । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता सेयर बिक्री खुला गरेको हो । 
उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले असोज १६ गतेदेखि असोज ३० गतेसम्म बोलपत्र पेश गर्नुपर्ने भएका छन् । यस्तै सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । 
आवेदकहरूले न्युनतम १० हजार कित्ताका लागि लागि आवेदन दिन सक्नेछन् भने अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडले रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै