PRABHU BANK

मेगा बैंकले सुरु गर्यो मेगा किसान कार्डसहितको मेगा स्मार्ट कृषि सेवा

Maga Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकले मेगा किसान कार्डसहितको मेगा स्मार्ट कृषि सेवाको सुरु गरेको छ । बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै मेगा किसान कार्डसहितको मेगा स्मार्ट कृषि सेवाको सुरु गरेको हो । बैंकले उक्त सेवा असोज १६ गते शुक्रबारबाट सुरु गरेको हो ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकी हुन् ।
स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो । यसका साथै किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले पनि बैंकले यस्तो सुविधा ल्याएको हो । 
मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्ने भएका छन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास बैंकले लिएको छ ।
मेगा बैंकले यसअघि देखि नै व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई प्राथमिकता दिंदै आएको छ । यस्तै बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । अझ यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता भइसकेको छ ।
किसानहरुको प्रवर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै