PRABHU BANK

मेगा बैंकको संस्थापक समूह सेयरमा आवेदन दिने आईतबार अन्तिम दिन

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडको संस्थापक समूह सेयरमा आवेदन दिने आईतबार अन्तिम दिन रहेको छ । बैंकले असोज ११ गते आइतबारदेखि लिलामीमार्फत बढाबढ गरी बिक्री खुल्ला गरेको सेयरमा आवेदन दिने आईतबार अन्तिम दिन रहेको हो ।
बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता सेयर बिक्री खुल्ला गरेको हो भने सर्वसाधारण समूहको ७ लाख ७ हजार ३ सय ९४.६३ कित्ता सेयर लिलामीमार्फत्र बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
बैंकले २०७४ साल भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोही अवधिमा आवेदन नपरेको सेयर बैंकले अहिले लिलामीमार्फत बिक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै