PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला हुने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर लिलामीमार्फत बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले ८९ हजार ४५० कित्ता हकप्रद सेयर लिलामीमार्फत बढाबढ गरि बिक्री खुल्ला हुने भएको हो ।
लघुवित्तले संस्थापक समुहको ११ हजार ६ सय ८ कित्ता सेयर बिक्री गर्न लागेको हो भने सर्वसाधारण समुहको ७७ हजार ८४२ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । बिक्री नभएको सेयरमा लघुवित्तले प्रचलित नियममनुसार लिलिमीमार्फत बढाबढ गरि बिक्री खुल्ला गर्न लागेको हो ।
सो सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक, सर्वसाधारण, कानून बमोजिम योग्य संस्था वा कम्पनीले असोज २५ गतेदेखि कात्र्तिक २ गते बैंकिङ समयभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन भने गोप्य शिलबन्दी बोलपत्र पेश गरी दिनुपर्नेछ ।
सेयरको न्युनतम मूल्य प्रतिसेयर १ सय रुपैयाा तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने भएको छ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै