काठमाडौँ। स्रोत नखुलेको नगदसहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन् ।
सिरहाको औरही गाउँपालिका ५ औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले मोटरसाइकलमा बरियारपट्टीबाट औरहीतर्फ आउँदै गरेका यादवलाई शंका लागेपछि जाँच गरेको थियो।
सोही क्रममा उनको साथबाट एक हजार दरका १४ सय थान नोट बरामद गरिएको हो। बरामद रकमको स्रोत खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

