PRABHU BANK

कुमारी बैंक र होटेल ल्याण्डमार्कबीच सम्झौता, ग्राहकहरुले ३० प्रतिशतसम्म छुट पाउने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र होटेल ल्याण्डमार्कबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।
कुमारी बैंकका तर्फबाट बैंकका बजार व्यवस्थापन प्रमुख नवीन मुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका तर्फबाट होटलका उपाध्यक्ष शरद प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब कुमारी बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डवाहकहरुलगायत ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका विभिन्न सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट भने ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूमा छुट पाउने भएका छन् । 
ग्राहकहरूले साधारण रूम शुल्कमा ३० प्रतिशत, विशेष प्याकेजहरुमा ५ प्रतिशत, खानपानमा १५ प्रतिशत सम्मको छुट लगायत सोही होटेल/रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापहरुमा पनि विविध सहुलियत पाउने भएका छन् ।
उक्त सहकार्यले कुमारी बैंकका ग्राहकवर्गको यस समूह अन्तर्गतका होटेल, रिसोर्ट तथा रेष्टुरेन्टतर्फ आकर्षण बढ्ने तथा सोही होटेल बसाई, खानपान आदिमा सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै