राष्ट्र बैंकले ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने भएको छ। राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ गतेदेखि ८ गतेसम्म नेपालसहित विश्वभर मनाउने भएको हो।

राष्ट्र बैंकको संयोजनमा बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा कम्पनी, सहकारी संस्था, पुँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य वित्तीय सेवा प्रदायकको सक्रिय सहभागिता रहने जनाएको छ।

राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा सरोकारवाला निकायलाई ‘ग्लोबल मनी विक’ मा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ ।

वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको जनाउँदै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने उल्लेख गरेको छ ।

‘ग्लोबल मनी विक’ मूलत: किशोरकिशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै