काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत बैंकहरूले आफ्नो सेवा जारी राख्ने भएको छ । कतिपय बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सूचना जारी गर्दै आज र भोलि अर्थात् फागुन ६ र ७ गते सार्वजनिक बिदा भएपनि आफ्नो शाखा कार्यालय खुला रहने जनाएका छन् ।
सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुबै दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिभाग खुला रहनेछ ।
अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने बैंकहरूले स्पष्ट पारेका छन्।

