राष्ट्र बैंकले गर्यो ग्लोबल आइएमई बैंकलाई कारवाही

काठमाडौँ। ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको छ। बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको हो।

ग्लोबल आइएमई बैंकमा स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी प्रावधान पूरा नगरेको पाइएको छ।

साथै, कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जा पुरानै भ्यालु डेट राखेर सिर्जना गर्न सकिने अवस्था रहेको देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै