PRABHU BANK

एनआईसी एशिया बैंकद्धारा नयाँ योजना सार्वजनिक, रकम पठाउदा शुल्क नलाग्ने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको सुविधाका लागि चाडपर्वमा निःशुल्क रेमिट्यान्स योजना सार्वजनिक गरेको हो । उक्त योजना लागु भएसँगै ग्राहकहरुले अब एनआईसी एशिया रेमिटमार्फत रकम पठाउदा शुल्क नलाग्ने बैंकले जनाएको छ ।
यस योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्को ठाउँमा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिने भएको छ । पहिलो पटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटक रकम रकमान्तर गर्दा शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले यो योजना असोज २० गतेदेखि माघ ५ गतेसम्म लागु हुने पनि जानकारी दिएको छ ।
उक्त रेमिट्यान्स रकम बैंकका देशभर फैलिएका ३ सय २६ शाखा, १ सय ३ वटा विस्तारित काउन्टर, ६४ वटा शाखारहित बैंकिङ सेवामार्फत पनि प्राप्त गर्न सकिनेछ । यस्तै १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै