PRABHU BANK

नबिल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको जनाएको छ ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।
बैंकका नव नियुक्त अध्यक्ष पौड्यालसँग ३ तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । उनले त्यहाँ १४ वर्षसम्म कार्य गरेका थिए । यस्तै उनीले एनएमबी फाइनान्समा पुगेका १७ वर्षसम्म कार्य गरेका थिए ।
ग्रिनल्यान्ड बैंकमा १४ वर्ष, एनएमबी फाइनान्समा १७ वर्ष र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका छन् । 
त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरेका थिए । त्यहाँ उनले विभिन्न पदमा रहेर करिब १४ वर्ष कार्य गरेका थिए ।
समाज सेवाका विभिन्न क्षेत्रमा संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्षसमेत रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै