prabhu

एनआइसी एशिया बैंकले घटायो कर्जाको व्याजदर, कार्तिक १ गतेदेखि लागू गरिने

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कर्जाको व्याजदर घटाएको छ । बैंकले ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको व्याजदर घटाएको हो । बैंकले कोरोनाबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समय अनुरूप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ । 
सोही क्रममा बैंकले श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको आश्विन मसान्तसम्मको साँवा तथा व्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको व्याजदरलाई घटाई  २०७७ कार्तिक १ गतेदेखि लागू हुनेगरी ८.९९ प्रतिशत व्याजदर कायम गर्ने योजना ल्याएको हो ।
यस योजनामा सहभागी हुन अब ९ दिन मात्र बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूलाई आग्रह गरेको छ । 
बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूकासाथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी हुन सक्ने पनि बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै