PRABHU BANK

माछापुच्छ्रे बैंक र हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलबीच सहकार्य, ७५ प्रतिशतसम्म कर्जा पाइने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलबीच सहकार्य भएको छ । बैंकको र फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलसँग सम्झौता भएको हो । उक्त सम्झौता पश्चात फोर्स मोटर्सको गाडी किन्दा माछापुच्छ्रे बैंकले कर्जा उपलब्ध गराउने भएको छ । 
माछापुच्छ्रे बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख दीनेश दवाडी र हिमालय अर्गनाइजेसनका तर्फबाट अध्यक्ष ध्रुव बहादुर थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार ग्राहकहरुले फोर्सको गाडी किन्दा बैंकले मूल्यको ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
कम्पनीले विगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्रीवितरण गर्दै आईरहेको छ । साथै कम्पनीको काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै सोरुम छन् । यस्तै नेपालका विभिन्न सहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै