PRABHU BANK

सानिमा बैंकले ल्यायो बिग डिल एट सस्तो डिल नामक नयाँ योजना, सामान किन्दा विशेष छुट पाइने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले बिग डिल एट सस्तो डिल नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ एप, सानिमा सजिलो ई-बैंकिङ प्रयोगकर्ताहरुले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट वा अधिकतम २५ सय रुपैयाँसम्म क्यास व्याक प्राप्त गर्न सक्ने भएका छन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट पनि प्रदान गरिने भएको छ । यो योजना आश्विन २७ गतेदेखि कार्तिक १ गतेसम्म लागु हुने भएको छ ।
बैंकले देशभरी रहेको ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको पनि व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै