PRABHU BANK

बाउन्स चेक काट्ने राजेशबाबु श्रेष्ठलाई ३४ लाख रुपैयाँ जरिवाना

Arrested
  • बैंकिङ संसार
काठमाडौं । बाउन्स चेक काट्ने राजेशबाबु श्रेष्ठ बैंकिङ कसुरमा पक्राउ परेका छन् । आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने थाहा हुँदा-हुँदै पनि बाउन्स चेक काटेको हुनाले उनलाई पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले ३४ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय ठहर गरेको छ ।
दिपा थपलियाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेशबाबु श्रेष्ठ भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत जेठको फैसलाले श्रेष्ठलाई सो सजाय सुनाएको भए पनि उनी फरार थिए ।
केन्द्रिय अनुसन्धान व्युरोको टोलीले उनलाई लुकिछीपी रहेको अवस्थामा चितवनमा फेला पारी चितवन जिल्ला अदालतमा पेश गरेको छ ।
श्रेष्ठले २०७५ सालमा जाहेरवाला थपलियालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै