१७ लाख रुपैयाँ जरिवाना तोकिएका पन्चम अकौलिया पक्राउ

Bounced Cheque
  • बैंकिङ संसार
काठमाडौं । बाउन्स चेक काटेर झुक्याउने पन्चम अकौलियालाई पक्राउ गरेको छ । आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदा-हुँदै पनि बाउन्स चेक काटेको हुनाले उनलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले अकौलियालाई १७ लाख रुपैयाँ र १० दिन कैद सजाय ठहर गरेको छ ।
मनोज प्रसाद साहको वादी नेपाल सरकार प्रतिवादी पन्चम अकौलिया भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७५/०३/२२ गतेको फैसलाले अकौलियालाई सो सजाय सुनाएको भए पनि उनी फरार थिए ।
केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले उनलाई लुकिछीपी रहेको अवस्थामा चितवनमा फेला पारी चितवन जिल्ला अदालतमा पेश गरेको छ ।
अकौलियाले २०७५ सालमा जाहेरवाला साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबी बैंकको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्