PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बाँडफाँड गरेको हो । 
बैंकले असोज १६ गते शुक्रबारबाट असोज २० गते मंगलबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।
३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघसंस्थालाई बिक्री खुल्ला गरेको हो ।
उक्त ऋणपत्र असोज २६ गते सोमबार बाँडफाँड गरिएको बैंकले जनाएको छ । यस्तै बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटले एक सूचना प्रकाशन गर्दै यस्तो जानकारी दिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै