PRABHU BANK

सिटिजन्स बैंकले ल्यायो नयाँ सुविधा, मोबाइलबाटै पिन रिसेट गर्न सकिने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले बैंकमा नगईकन मोबाइल बैंकिङले पिन रिसेट गर्न सकिने नयाँ सुविधा ल्याएको हो । 
अब ग्राहकहरुले मोबाइल बैंकिङ पिन बिर्सेमा जुनसुकै शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुने भएका छन् ।
यस विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्न र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै