PRABHU BANK

एनएमबि बैंक र सिजिबीच सम्झौता, सिजिको सामान खरिद गर्दा ४ हजारसम्म बचत गर्न सकिने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र सिजिबीच समझदारी भएको छ । बैंकका ग्राहकहरुलाई सिजि ब्राण्डका उत्पादन खरीदमा सहजता तथा छुट प्रदान गर्ने विषयमा बैंक र सिजिबीच समझदारी भएको हो । 
बैंकका ग्राहकहरुले सिजिका उत्पादनहरुमध्ये कुनै पनि उत्पादन बैंकको कार्डबाट खरिद गर्दा ४ हजार रुपैयाँसम्म बचत गर्न सक्ने भएको बैंकले जनाएको छ । 
उक्त सुविधा भने मेगा डिलअन्तर्गत बैंकका ग्राहकहरुले सामान किन्दा मात्र उक्त रकम बराबरको बचत गर्न सक्ने भएका हुन् । दशैं किनमेलमा सजिलो होस भन्ने उद्देश्यकासाथ सिजिको यस्तो सुविधाको सुरुवात गरेको बैंकले जनाएको छ । 
दशैं महाअफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा ४ चार हजार रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै