काठमाडौँ। नेपाल राष्ट्र बैंकले फेरी ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले पुस २८ गते थप २५ अर्ब रुपैयाँबराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘६’ जारी गर्ने भएको हो ।
उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। सोमबार मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ।
यो ऋणपत्रको बोलकबोलका माध्यमबाटै ब्याजदर निर्धारण हुने राष्ट्र बैंकले जनएको छ। यो एकवर्षे अवधिको ऋणपत्र हो।
यसको साँव भुक्तानी २०८३ पुस २८ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।
https://www.nrb.org.np/contents/uploads/2026/01/NRB-Bond_2083_Chha_Notice.pdf


