सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौँ। सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको सञ्चाल समितिको बैठकले बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको डेपुटी सिइओ रहेका बस्याल बैंकको सिइओमा नियुक्त भएका छन्। बस्यालले बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढीको विशिष्ट अनुभव बोकेका छन्।

उनले पूर्वाञ्चल विश्वविद्यालयबाट कार्यकारी एमबीए गरेका छन् भने खुद्रा बैंकिङ, क्रेडिट व्यवस्थापन र रणनीतिक व्यवसाय विकासमा उत्कृष्टताले भरिपूर्ण करियर निर्माण गरेका छन्।

आफ्नो कार्यकालभरि उनले नवीनता, ग्राहक सन्तुष्टि र सञ्चालन दक्षताप्रति गहिरो प्रतिबद्धता प्रदर्शन गरेका छन्। उनको दूरदर्शी नेतृत्वमा, सिद्धार्थ बैंकले ग्राहक-केन्द्रित संस्थाको रूपमा आफ्नो स्थिति बलियो बनाएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै