PRABHU BANK

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको हो ।
कार्तिक ६ गते बिहीबार बसेको बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृती पश्चात आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको २ सय ४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २ सय ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । 
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य पनि गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले देशभरी रहेको २ सय ६१ वटा शाखा कार्यालय, २ सय ३७ एटिएम, २ सय २९ शाखारहित बैंकिङ सेवा र ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै