
- बैंकिङ संसार
 
काठमाडौं । बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको उक्त साधरणसभा मंसिर ५ गते शुक्रबार हुने भएको हो । 
कम्पनीको उक्त साधरणसभा कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा हुने भएको छ । उक्त साधरणसभा भने विद्युतीय माध्यमबाट दिउँसो १ बजे सुरु हुने भएको हो । 
कम्पनीले उक्त सभामा  ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश हुने भएको छ । 
यसैगरी आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने  विषयमा छलफल हुने पनि कम्पनीले जनाएको छ ।
	
								
								
								
								
								
								
			