PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको सेयरको बोलपत्र कार्तिक १६ गते खोलिने

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को संस्थापक समूहको सेयरमा परेका बोलपत्रहरू कात्तिक १६ गते आइतबार खोलिने भएको छ ।
बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको बैंकको ५ लाख कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । बैंकले प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँका दरले आश्विन २ गते शुक्रबारदेखि कार्तिक ६ गते बिहीबारसम्म बिक्री खुल्ला गरेको थियो ।
उक्त सेयरमा परेका बोलपत्रहरु कार्तिक १६ गते उपत्यका बाहिरबाट आवेदन दिने व्यक्तिहरुको बिहान ११.३० बजेदेखि खोलिने भएको छ । यस्तैगरी उपत्यकाबाट आवेदन दिने व्यक्तिहरुको बोलपत्र दिउँसो १२ बजेदेखि खोलिने भएको छ । 
बोलपत्र भने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौँमा खोलिने भएको छ । यस्तै बोलपत्रहरु सिमित व्यक्तिको माझमा फेसबुक लाइभमार्फत खोलिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै