PRABHU BANK

प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने कार्तिक १४ गते शुक्रबार अन्तिम दिन

Premier Insurance
  • बैंकिङ संसार
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने कार्तिक १४ गते शुक्रबार अन्तिम दिन रहेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयरमा आवेदन दिने कार्तिक १४ गते शुक्रबार अन्तिम दिन रहेको हो । 
ईच्छुक आवेदकले कार्तिक १४ गते शुक्रबार कार्यालय समयावधिभित्र बोलपत्र पेश गर्न सकिने भएको छ । कम्पनीले असोज ३० गतेबाट नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो । जसमा न्यूनतम १९ सय ७५ रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सक्ने भएका छन् । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै