prabhu

नेपाल राष्ट्र बैंकले दियो आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्न अनुमति

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांश वितरण गर्न अनुमति दिएको छ । लघुवित्तलाई आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्न अनुमति दिएको हो ।
राष्ट्र बैंकले कार्तिक १३ गतेको पत्रअनुसार लाभांश वितरण गर्न स्वीकृति दिँदै वित्तीय विवरण प्रकाशन गर्न पनि अनुमति दिएको हो । उक्त लाभांश लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले पाउने भएका छन्।
लघुवित्तको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १३ करोड ४८ लाख रुपैयाँ बोनस सेयरवितरण गर्ने प्रस्ताव गरेको थियो । यस्तै करसहित ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख रुपैयाँ बराबरको नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै