PRABHU BANK

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बोलायो वार्षिक साधारसभा, यस्ता छन् पारित हुने विषयहरु

Nepal SBI Merchant Banking
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले वार्षिक साधारसभा बोलाएको छ । कम्पनीले कार्तिक २७ गते आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो । 
उक्त सभा कम्पनीको केन्द्रीय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । बैंकको कार्तिक २ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने र संचालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने भएको छ । 
यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने जस्ता विषयहरुको छलफल गरि पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै