लक्ष्मी लघुवित्तले सेयरधनीहरूलाई लाभांश नदिने

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ। लघुवित्तले आर्थिक वर्ष २०८१-८२ को  लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि संस्थाले गरेको छ।

केन्द्रीय बैंकबाट वित्तीय विवण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय संस्थाले गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्