PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारणसभा मंसिरमा हुने

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधरणसभा हुने भएको छ । लघुवित्तको ११औं वार्षिक साधारणसभा मंसिर १८ गते हुने भएको हो । 
लघुवित्तको २२ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा आम्रपाली ब्याक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभाले ९ दशमलव ५० प्रतिशत बोनस सेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 
त्यस्तै उक्त सभाले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । उक्त सभा प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका मंसिर ५ गते बन्द गर्ने भएको छ । जसका कारण मंसिर ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै