PRABHU BANK

कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ । बैंकले पहिलो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले गत आर्थिक वर्षको २०७६/७७ को यसै अवधिमा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा यस वर्षको खुद नाफा ४९.८९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ भने खुद व्याज आम्दानी १ अर्व३१ करोड रुपैयाँ र सञ्चालन नाफा ८६ करोड ५ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्व ५२ करोड रुपैयाँ रहेको र जगेडा कोषमा ३ अर्व५९ करोड रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्व १७ अर्व २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्व १० अर्व ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन १ खर्व १६ अर्व रुपैयाँ र १ खर्व १० अर्व रुपैयाँ कर्जा परिचालन थियो ।
बैंकको प्रतिसेयर आम्दानी १९.२५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १.४३ प्रतिशत पुगेको छ । यस्तै बैंकको आधार दर ८.४० प्रतिशतरहेको छ भने स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ । यसैगरी सीसीडी रेसियो ७५.३१ प्रतिशत छ र पुँजीकोष अनुपात १४.९३ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै