DISH HOME

नेपाल एसबीआई बैंकले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। नेपाल एसबीआई बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८१-८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार ६८ रुपैयाँको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

जसमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३२ औँ वार्षिक साधारणसभाबाट सो लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै