DISH HOME

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई चिरोप्राटिक एण्ड म्यानुअल थेरापी सेन्टरमा छुट

काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकहरुलाई चिरोप्राटिक एण्ड म्यानुअल थेरापी सेन्टरमा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई चिरोप्राटिक एण्ड म्यानुअल थेरापी सेन्टरको सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

बैंकका ग्राहकहरुले उक्त सम्झौता पश्चात बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको सो सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै