PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंकद्धारा नयाँ सेवा सुचारु, डिजिटल बैंकिङलाई थप सहज बनाउने प्रयास

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ सेवा सुचारु गरेको छ । बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सेवा सुरु गरेको हो । बैंकले डिजिटल बैंकिङलाई थप सहज बनाउने प्रयास स्वरुप ग्राहकवर्गहरुको सेवालाई ध्यानमा राखी दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको हो ।
यससँगै ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा उक्त खाता खोल्न सक्ने भएका छन् । जसमा बैंकले वार्षिक ५.५० प्रतिशतका दरले त्रैमासिक रुपमा व्याज भुक्तानी गर्ने भएको छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि व्याजदर दिइएको हो ।
सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्न साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पे मार्फत वालेटको कारोबार समेत गर्न सकिने भएको छ । यस नयाँ सेवामार्फत ग्राहकहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन ५ हजार रुपैयाँ बराबर क्यास लेस कारोबार गर्न सक्ने भएका छन् । उक्त खातामा वार्षिक १ लाखसम्म कारोबार गर्न सकिने भएको छ ।
सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिने भएका छन् । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिने भएको छ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको जनाएको छ । उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै