काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४.३६३५ प्रतिशतले हुन आउने ७ करोड २२ लाख ८७ हजार ५०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ५.३६६५ प्रतिशतले हुन आउने ९ करोड ३३ लाख ७५ हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।



