HIMALAYAN LIFE

सप्तकोशी डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाही, सिइओ समेत सचेत !

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकमाथि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ। राष्ट्र बैंकको स्थलगत निरीक्षणका क्रममा बैंकको पूँजी कोष अनुपात न्यूनतम सीमा भन्दा २४.९ प्रतिशतले कम रहेको पाइएको हो।

तोकिएको १० प्रतिशतको सट्टा बैंकले ७.५१ प्रतिशत मात्र पूँजी कोष अनुपात कायम गरेपछि केन्द्रीय बैंकले यो कदम चालेको हो।

राष्ट्र बैंकका अनुसार, यो कारबाही खुला नभएसम्म बैंकले नगद लाभांश वितरण गर्न, नयाँ शाखा खोल्न, र सञ्चालक तथा उच्च व्यवस्थापनको तलब–भत्ता वृद्धि गर्न पाउने छैन।

त्यसैगरी, स्थलगत निरीक्षणका क्रममा पाइएको अनियमितताका कारण राष्ट्र बैंकले बैंकका सीईओ दिनेशकुमार पोखरेललाई पनि सचेत पत्र थमाएको छ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।