‘सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौँ’ (बैंकिङ साक्षरता भाग १६)

काठमाडौँ। नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गर्न आग्रह गरेको छ ।

क्रेडिट कार्ड अनुमतिपत्रप्राप्त ‘क’ तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानी उपकरण हो । यसको प्रयोग गरी वस्तु तथा सेवाबापतको रकम भुक्तानी गर्न र तोकिएको सीमासम्म नगद निकाल्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो सही रूपमा प्रयोग गर्न सकेमा सुविधाजनक र सुरक्षित भुक्तानीको उपकरण हो । तर, लापरबाही गर्दा यसले उच्च ब्याज र आर्थिक बोझसमेत निम्त्याउन सक्ने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्